इरानी जलसेनाका कमाण्डर मारिएको इजरायलको दाबी

हर्मुजमा बम बिछ्याउन र अवरोध सिर्जना गर्न तेङसिरीले महत्वपूर्ण भूमिका खेलेको इजरायलको आरोप

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Israel claims to have killed Iranian naval commander

काठमाडौँ — इजरायलले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का जलसेनाका कमाण्डर अलीरेजा तेङसिरी मारिएको दाबी गरेको छ ।

हर्मुजमा बम बिछ्याउन र अवरोध सिर्जना गर्न उनले महत्वपूर्ण भूमिका खेलेको इजरायलको आरोप छ । इरानी अधिकारीहरुले तेङसिरीको मृत्युबारे केही पनि बताएका छैनन् ।

‘इजरायली डिफेन्स फोर्सले हर्मुजमा आवागमनमा अवरोध गर्ने तथा बम बिछ्याउने कार्यमा प्रत्यक्ष संलग्न आईआरजीसीका जलसेना कमाण्डरलाई समाप्त गरेको छ,’ इजरायलका रक्षामन्त्री इजरायल काट्जले भने ।

काट्जले हर्मुजको जलघाँटी खोल्नका लागि इजरायली सेनाले खेलेको भूमिका अमेरिकी साझेदारहरुका लागि महत्वपूर्ण सन्देश रहेको दाबी गरे । 

इजरायल–अमेरिकाले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेयता तेङसिरीले त्यसको कडा प्रतिवाद गरेका थिए । सामाजिक सञ्जालमा उनी युद्ध अवधिभर सक्रिय थिए । 

पछिल्लोपटक उनले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए ।  हर्मुज हुँदै अघि बढ्ने जहाजले इरानका समुद्री अधिकारीहरुसँग समन्वय गर्नुपर्ने उक्त पोस्टमा उल्लेख छ ।  

कान्तिपुर

Link copied successfully