युद्ध सुरु भएयता रासायनिक मलको अभावले खाद्यान्न सुरक्षामा चुनौती ।
काठमाडौँ — पश्चिम एसियामा युद्ध सुरु भएयता पछिल्ला २३ दिनको अवधिमा २१ सयभन्दा धेरै बालबालिका घाइते वा मृतक बनेको युनिसेफले बताएको छ ।
‘यो अहिलेसम्म प्राप्त संख्या हो र युद्ध जारी रहदाँ बढ्ने अनुमान गरिएको छ । यसको अर्थ युद्ध सुरु भएयता हरेक दिन औसत ८७ जनाले ज्यान गुमाइसकेका छन्, ’ युनिसेफका सहायक कार्यकारी निर्देश टेड चाइबानले भने, ‘यस क्षेत्रका बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको छ । युद्ध जारी रहदाँ दशौं लाख मानिस प्रभावित हुनेछन् ।’
उनले तत्कालै द्वन्द्व अन्त्य गर्न, सर्वसाधारण तथा सार्वजनिक पूर्वाधारको रक्षा गर्न, राहतमा पहुँच सहज बनाउन र तत्कालै आर्थिक सहयोग उपलब्ध गराउन माग गरे । द्वन्द्वले शैक्षिक क्षेत्रमा पनि ठूलो असर गरेको युनिसेफले जनाएको छ । त्यस्तै विश्व्यापी रुपमा संकट निम्त्याएको जनाएको छ ।
‘झन्डै एक महिना हुन लाग्दा यसको प्रभाव विश्व अर्थतन्त्र मा ठूलो छ । ग्यास, तेल र इन्धनको मुल्यवृद्धि भएको छ,’ परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयका कार्यकारी निर्देशक जर्ज डा सिल्भाले भने । उनले औषधिजस्ता आधारभूत सामाग्रीको अभाव भएको बताए ।
विकासशील देशले यसको मूल्य ठूलो चकाउनुपर्ने उनले बताए । युद्ध सुरु भएयता रासायनिक मलको अभावले खाद्यान्न सुरक्षामा चुनौती निम्तिएको उनले बताए ।
