इरानी हमलापछि इजरायलमा सबै विद्यालय बन्द, अब अनलाइन कक्षा

इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरेर ठूलो क्षति पुर्‍याएपछि त्यहाँ सबै विद्यालय बन्द हुने भएका छन्।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

All schools in Israel closed after Iranian attack, now online classes

काठमाडौँ — इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरेर ठूलो क्षति पुर्‍याएपछि त्यहाँ सबै विद्यालय बन्द हुने भएका छन्।

इजरायलका शिक्षामन्त्रीले डिमोना र अरदमा भएको इरानी हमलापछि आफूले होम फ्रन्ट कमान्डका मेजर जनरलसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएका छन्।

‘आइतबार र सोमबार सबै प्रकारका छुटहरू रद्द गरिनेछन् र कुनै पनि भौतिक कक्षाका लागि अनुमति दिइने छैन,’ उनको भनाइ छ। यस अवधिमा विशेष शिक्षाका लागि दिइएका सबै छुटहरू पनि रद्द गरिनेछन् र देशभर अनलाइन कक्षा सञ्चालन गरिने बताइएको छ।

मंगलबारपछि अवस्थाको मूल्याङ्कन गरेपछि मात्र यो निर्णयमा पुनर्विचार गरिनेछ। इजरायलको आपतकालीन सेवाले इरानी हमलाबाट ठूलो क्षति पुगेको जनाएको छ।

त्यस्तै प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले हमलाको रातलाई निकै कठिन रात बताएका छन्।

कान्तिपुर

Link copied successfully