अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले इन्धन अभावको यस समयमा घरपरिवार, व्यवसाय र सरकारहरूलाई इन्धन बचत गर्न आग्रह गरेको छ ।
What you should know
काठमाडौँ — हर्मुजको जलघाँटीमा देखिएको अवरोधले तेलको संकट सुरू भएको छ । त्यस्तै, मूल्य बढेको छ ।
अमेरिका-इजरायल र इरानबीचको युद्ध सुरू हुनअघि (७०-७२) अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भइरहेको कच्चा तेल ब्रेन्ट क्रुडको भाऊ अहिले प्रतिब्यारेल १ सय डलरभन्दा माथि पुगिसकेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले इन्धन अभावको यस समयमा घरपरिवार, व्यवसाय र सरकारहरूलाई इन्धन बचत गर्न आग्रह गरेको छ । इन्धन बचतका लागि आईईएले १० तरिका सुझाएको छ ।
आईईएको प्रतिवेदनले इन्धनको प्रयोगलाई घटाउन र घरायसी खर्च कम गर्न दिएका सुझाव यस्ता छन् :
१. सम्भव भएसम्म घरबाट काम गर्नुहोस् किनकी दैनिक यात्रा घट्दा इन्धन खपत घट्नेछ ।
२. राजमार्गमा बिस्तारै सवारी चलाउनुस् : (कम्तिमा १० किलोमिटर प्रतिघण्टाले सवारीको रफ्तार घटाउनुस्) , कम गतिले सवारी साधनहरूमा इन्धन खपत घटाउनेछ ।
३ सार्वजनिक यातायात प्रयोग गर्नुहोस् : निजी कारको प्रयोग घटाउँदै बस र रेलमा यात्रा बढाउनाले तेलको माग कम हुन्छ ।
४. शहरहरूमा जोर–बिजोर प्रणाली लागु गर्नाले इन्धनको प्रयोग घटाउन मद्दत मिल्नेछ । यसमा जोर दिन जोर सावरी र बिजोर दिन बिजोर नम्बर–प्लेटका सवारी गुडाउन सकिन्छ ।
५. कार सेयरिङ र कुशल ड्राइभिङ : उच्च ओक्युपेन्सी र इको–ड्राइभिङले इन्धन खपत कम हुन्छ । आफ्नो कारमा अरुलाई पनि लिफ्ट दिनुस् ।
६. सवारीको सर्भिसिङमा ध्यान दिनुस् : राम्रो ड्राइभिङ, मर्मतसम्भार र लोड अप्टिमाइजेसनले डिजेलको प्रयोग घटाउँछ ।
७. एलपीजीको प्रयोग यातायतमा नगर्नुहोस् : खाना पकाउनेजस्ता आवश्यक आवश्यकताहरूको लागि एलपीजी ग्यास सुरक्षित राख्नु राम्रो हुन्छ ।
८. सकेसम्म हवाई यात्रा नगर्नुहोस् : हवाई यात्रा कम गर्दा जेट इन्धनको खपत घट्छ । त्यसैले अत्यावश्यक कामबाहेक हवाई यात्रा नगर्नुस् ।
९.विद्युतीय चुल्हो : एलपीजी ग्यासको निर्भरता कम गर्नका लागि विद्युतीय चुल्हो प्रयोग गर्न सकिन्छ ।
१०. उद्योगमा पूर्ण क्षमतामा काम गर्नुस् : औद्योगिक गृहमा जति चाडों काम गर्यो, उत्पादकत्व त्यति नै बढ्नेछ । यसले समय र इन्धन बचत गर्नेछ ।
