नैनीले सन् २०२४ देखि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
काठमाडौँ — इरानको रिभोलुशनरी गार्ड कोप्र्सका प्रवक्ता अली मोहम्मद नैनी इजरायलको आक्रमणमा परेर मारिएका छन् । इरानको अर्ध सरकारी तास्निम न्युज एजेन्सीका अनुसार नैनीले सन् २०२४ देखि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
शुक्रबारै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको मिसाइल उत्पादन केन्द्र ध्वस्त भएको र नयाँ मिसाइल उत्पादन हुन नसक्ने दाबी गरेका थिए । नैनीले त्यस दाबी खण्डन गदै विज्ञप्ति निकालेका थिए ।
त्यसको केही समयमै उनी मारिएको पुष्टि इरानी सरकारी सञ्चारमाध्यमले गरेको हो । रिभोलुशनरी गार्डले इजरायललाई पूर्ण परास्त नगरेसम्म युद्ध जारी रहने बताएको छ ।
शुक्रबार इरानमा नयाँ वर्ष ‘नाउरुज’ मनाइएको छ । तर, युद्धका कारण मानिसहरुमा उल्लास छैन ।
तेहरानमा भएको आक्रमणको विरोधमा इरानले पश्चिम एसियाका देशहरुमा प्रत्याक्रमण गरिरहेको छ ।
