इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दाबी 

सन् २०२१ मा खातिबलाई तत्कालीन राष्ट्रपति इब्राहिम रैसीले गुप्तचर मन्त्री नियुक्त गरेका थिए ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Israel claims Iran's intelligence minister has been killed

काठमाडौँ — इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानी गुप्तचर मन्त्री इस्माइल खातिब सोमबार रातिको आक्रमणमा मारिएको दाबी गरेका छन् । यस विषयमा अहिलेसम्म इरानले कुनै टिप्पणी गरेको छैन । 

सन् २०२१ मा खातिबलाई तत्कालीन राष्ट्रपति इब्राहिम रैसीले गुप्तचर मन्त्री नियुक्त गरेका थिए । खातिबले इरानका पूर्व सर्वोच्च नेता स्वर्गीय आयतुल्लाह अली खामेनेइसहितका उच्च पदस्थ धर्मगुरुहरुसँग इस्लामिक धर्मशास्त्रबारे अध्ययन गरेका थिए । 

अमेरिकाको अर्थ विभागले आफ्नो देशविरुद्ध साइबर गतिविधिमा संलग्न रहेको भन्दै सन् २०२२ मा उनीमाथि प्रतिबन्ध लगाएको थियो । १९७९ को इस्लामिक क्रान्तिलगत्तै खातिब इस्लामिक रिभोलुशनरी गार्ड्स कोप्र्स (आईआरजीसी) मा आबद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा उल्लेख छ । 

यसअघि सोमबारै इजरायलको आक्रमणमा परेर इरानको सुरक्षा परिषद्का सचिव अली लारिजानी र अर्धसैन्य दस्ता बासिजका कमाण्डर घोलामरेजा सुलेमानीको मृत्यु भएको थियो । 

कान्तिपुर

Link copied successfully