इरानी अधिकारीहरूले हालैका दिनहरूमा ट्रम्पका पश्चिम एसिया दूत स्टीभ विटकफ र ट्रम्प प्रशासनका अन्य व्यक्तिहरूमार्फत कूटनीतिक प्रयास पुन: सुरू गर्ने पहल गरेको दुई वरिष्ठ अधिकारीहरूले सोमबार सीएनएनलाई बताए ।
काठमाडौँ — इरानले गरेको वार्ताको प्रयासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्विकार गरेको ह्वाइटहाउसका अधिकारीहरूले सीएनएनसँग बताएका छन् ।
इरानी अधिकारीहरूले हालैका दिनहरूमा ट्रम्पका पश्चिम एसिया दूत स्टीभ विटकफ र ट्रम्प प्रशासनका अन्य व्यक्तिहरूमार्फत कूटनीतिक प्रयास पुन: सुरू गर्ने पहल गरेको दुई वरिष्ठ अधिकारीहरूले सोमबार सीएनएनलाई बताए ।
उनीहरूले इरानी अधिकारीहरू विटकफसँग सम्पर्कमा आएको दाबी गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघाचीले यस दाबीलाई खण्डन गरेका छन् । उनले विटकफसँग कुनै सम्पर्क नभएको बताएका छन् ।
'विटकफसँग मेरो अन्तिम सम्पर्क इरानमा अमेरिकाले गैरकानूनी सैन्य आक्रमण गरेर कूटनीतिलाई समाप्त गर्ने निर्णय गर्नुभन्दा पहिले भएको थियो । यसको विपरीत कुनै पनि दाबी भ्रामक हो,' अराघाचीले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
यसअघि ट्रम्पले इरान वार्ता गर्न इच्छुक भए पनि उसको प्रस्ताव पर्याप्त राम्रो नरहेको बताएका थिए ।