भारतको अस्पतालमा आगलागी, कम्तिमा १० जनाको मृत्यु

बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तिमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको मुख्यमन्त्री मोहन चरण माझीले बताए ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

At least 10 dead in hospital fire in India

काठमाडौँ — भारतको ओडिसा राज्यस्थित कटक सहरमा रहेको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा कम्तिमा १० जना बिरामीहरूको मृत्यु भएको छ ।  

बिरामीहरूको उपचार भइरहेको ट्रमा आईसीयू वार्डमा विद्युत सर्किटका सर्ट भएका कारण आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले बताए ।  घटनाको समयमा २३ जना बिरामी उपचाररत रहेको पुष्टि गर्दै उनले बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको बताए। 

बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तिमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पिडित परिवारका लागि क्षतिपूर्ति दिइने बताएका छन् । 

यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए ।

सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो ।

कान्तिपुर

Link copied successfully