इराकमा विमान दुर्घटनामा मरेका अमेरिकी सैनिकको नाम सार्वजनिक

अपरशेन इपिक फ्युरी सुरु भएयता पश्चिम एशियामा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Names of US soldiers killed in Iraq plane crash released

काठमाडौँ — इराकमा इन्धन भर्ने क्रममा  दुर्घटनामा परेको विमानमा सवार मृतक अमेरिकी सैनिकहरुको विवरण सार्वजनिक भएको छ । शनिबार पेन्टागनले सैनिकहरुको विवरण सार्वजनिक गरेको हो ।

३३ वर्षका मेजर जोन एलेक्स क्लिन्नर, ३१ वर्षका क्याप्टेन एरियाना साभिनो, ३४ वर्षका प्राविधिक सर्जेन्ट एस्ले प्रुट्ट, ३८ वर्षका क्याप्टेन कोभाल, ३० वर्षका क्याप्टेन कुर्टिस एन्जिस्ट र २८ वर्षको प्राविधिक सर्जेन्ट टायलर सिमोन्सको मृत्यु भएको पेन्टागनले जनाएको हो । 

क्लिन्नरको एक साताअघि मात्रै मेजरमा बढुवा भएको उनको परिवारले जनाएको छ । 

गत बिहीबार केसी–१३५ स्ट्राटोट्यांकर दुर्घटनामा परेको थियो । कुनै आक्रमण नभएर दुर्घटनावस् विमान खसेको पेन्टागनले जनाउँदै आएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पश्चिम इरानमा एयरस्पेसमा दुई विमान आमने–सामने हुँदा यो अवस्था निम्तिएको थियो । अर्को विमान भने इजरायलमा गएर सुरक्षित अवतरण गर्न सफल भयो । 

अपरशेन इपिक फ्युरी सुरु भएयता पश्चिम एशियामा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ । झन्डै १ सय ४० अमेरिकी सैनिक घाइते छन् । त्यसमध्ये ८ को अवस्था गम्भीर रहेको पेन्टागनले जनाएको छ । 

कान्तिपुर

Link copied successfully