मोज्ताबा खामेनेइ जीवित छैनन् भन्ने सुनेको छु, भए आत्मसमर्पण गरुन् : ट्रम्प

‘इरान सम्झौता गर्न चाहन्छ । तर म चाहन्न किनकी शर्तहरु पर्याप्त राम्रो छैनन्,’ ट्रम्पले भने ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

I heard that Mojtaba Khamenei is not alive, he should surrender: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्नैपर्ने दाबी गरेका छन् । उनले देशका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेइ मरिसकेको हुनसक्ने दाबी गरे । 

‘मैले उनी जीवित छैनन् भन्ने सुनेको छु । यदी छन् भने उनले देशका लागि केही स्मार्ट गर्नुपर्छ र त्यो काम आत्मसमर्पण हो,’ एनबीसी न्युजससँगको कुराकानीमा ट्रम्पले भने । 

उनले खामेनेइ जीवित रहेको विषयमा शंका रहेको बताए । ‘मलाई उनी बाँचेका छन् भन्ने थाहा छैन । अहिलेसम्म कसैले उनलाई देखेको छैन,’ उनले भने । 

इरानले वार्ता गर्न खोजेपनि आफु तयार नरहेको उनले बताए । ‘इरान सम्झौता गर्न चाहन्छ । तर म चाहन्न किनकी शर्तहरु पर्याप्त राम्रो छैनन्,’ ट्रम्पले भने । 

इरानमा विगत १६ दिनदेखि युद्ध जारी छ । अमेरिका-इजरायलले युद्धको पहिले दिन गरेको आक्रमणमा सर्वोच्च नेता आयतुल्लाह खामेनेइको मृत्यु भएको थियो । त्यसको केही दिनपछि इरान सरकारले उनका छोरा मोज्ताबा खामेनेइलाई नयाँ सर्वोच्च नेता चयन गर्‍यो ।

तर, सर्वोच्च नेता चयन भएयता उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । केही दिनअघि मात्रै इरानको सरकारी टेलिभिजनमा उनको सन्देश पढेर सुनाइएको थियो । 

कान्तिपुर

Link copied successfully