मिसाइल आक्रमणको भिडियो बनाउनेविरुद्ध यूएईमा कारबाही सुरु

अबू धाबी प्रहरीका अनुसार देशमा भएको आक्रमणका क्रममा भिडियो बनाउने र भ्रामक जानकारी फैलाइएको आरोपमा विभिन्न देशका ४५ जनालाई पक्राउ गरिएको छ ।

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

UAE launches crackdown on video of missile attack

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले देशको एयर डिफेन्स सिस्टमद्वारा हवाई आक्रमण रोकेका भिडियो क्लिप र विष्फोट तथा आक्रमणका कथित फर्जी भिडियो सार्वजनिक गरेको आरोपमा १० जनालाई पक्राउ गर्न आदेश दिएको छ । 

यूएईको सरकारी मिडियाका अनुसार पक्राउ आदेश दिइएका व्यक्तिहरुविरुद्ध आक्रमणसँग सम्बन्धित वास्तविक भिडियो सँगै एआईद्वारा बनाइएका भिडियो र तस्बिरहरु पनि यूएईको वेबसाइट र सामाजिक सञ्जालमा साझा गरेको आरोप छ । उनीहरुलाई तत्काल त्वरित सुनुवाइका लागि पठाइएको छ । 

अबू धाबी प्रहरीका अनुसार देशमा भएको आक्रमणका क्रममा भिडियो बनाउने र भ्रामक जानकारी फैलाइएको आरोपमा विभिन्न देशका ४५ जनालाई पक्राउ गरिएको छ । यसअघि गत साता नै दुबईमा साइबर अपराध कानुन अन्तर्गत एक ६० वर्षीय बेलायती नागरिकविरुद्ध पनि आरोप लगाइएको थियो । उनीविरुद्ध सहरमाथि उडिरहेको इरानी मिसाइलको भिडियो बनाएको आरोप छ । 

डिटेन्ट इन दुबई संगठनकी सीईओ राधा स्टर्लिङ्गका अनुसार हालै भएका मिसाइल आक्रमणसँग सम्बन्धित भिडियो र सामाजिक सञ्जाल पोस्टका विषयमा यूएईको साइबर क्राइम कानुन अन्तर्गत २१ जनाविरुद्ध आरोप लगाइएको छ । यसैबीच सामाजिक सञ्जालहरुमा अग्ला सरकारी संरचना, एक लग्जरी होटल र दुबई एयरपोर्टमा खसेका मिसाइका ट्रक्राहरु भएको दाबी गरिएका तस्बिर र भिडियो भाइरल भइरहेको छ । 

कान्तिपुर

Link copied successfully