तेहरान हर्मुजमा आफ्नो नियन्त्रण कायम राखिरहन चाहन्छ
काठमाडौँ — इरानले चिनियाँ युआनमा कारोबार हुने तेलको ट्यांकरलाई हर्मुजको घाँटी हुँदै अघि बढु्न दिइने बताएको छ । सीएनएनले नाम नछाप्ने शर्तमा एक इरानी अधिकारीको भनाई उद्रृत गर्दै समाचार छापेको छ ।
इजरायल र अमेरिकासँग युद्ध लडिरहेको तेहरान हर्मुजमा आफ्नो नियन्त्रण कायम राखिरहन चाहन्छ । युद्ध सुरु भएदेखि उसले यस जलक्षेत्रमा अवरोध सिर्जना गरिरहेको छ । जसकारण विश्वको इन्धन बजार नराम्ररी प्रभावित छ ।
तेलको व्यापार प्रायः अमेरिकी डलरमा हुने गर्छ । तर, रुसी क्रुडको व्यापार रुबल्स र युआनमा पनि हुन्छ ।
चीनले पछिल्लो समय इरान युद्ध अन्त्यका लागि कूटनीतिक पहल गरिरहेको छ । उसले यसअघि इरानमाथिको अमेरिकी आक्रमणको निन्दा गरेको थियो । त्यस्तै, संवादमार्फत समस्या समाधानमा जोड दिइरहेको छ ।
