इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको छ।
काठमाडौँ — इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको छ।
रोयटर्सका अनुसार एउटा मिसाइल दूतावासको भवनमा ठोक्किएको र त्यसपछि धुवाँ निस्किएको देखिएको थियो। यद्यपि, यसबाट भएको क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।
एपीको रिपोर्ट अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको थियो।
एएफपीले भने दूतावासमाथि ड्रोन आक्रमण भएको उल्लेख गरेको छ।
बगदादमा इरान समर्थित दुई लडाकु मारिएको खबर आएलगत्तै यो आक्रमण भएको हो।
