युएइको फुजैराह बन्दरगाहमा इरानको आक्रमण

अमेरिकाले इरानको खार्ग टापुको तेल निर्यात टर्मिनलमा रहेका सैनिक अखडामा आक्रमण गरेको केही घण्टापछि इरानले प्रत्याक्रमण गरेको हो

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

Iran attacks UAE's Fujairah port

काठमाडौँ — इरानले युएइको व्यस्त बन्दरगाह फुजैराह इमिरेट्स टर्मिनलमा आक्रमण गरेको छ । आक्रमणपछि केही ठाउँमा तेल लोड गर्ने काम स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

युएइको सरकारी मिडिया कार्यालयले प्रतिरोध गरिएको क्षतिग्रस्त ड्रोन खस्दा यहाँ आगलागी भएको जनाएको छ।घटनामा कोही पनि घाइते नभएको पनि कार्यालयले जनाएको छ । 

अमेरिकाले इरानको खार्ग टापुको तेल निर्यात टर्मिनलमा रहेका सैनिक अखडामा आक्रमण गरेको केही घण्टापछि इरानले प्रत्याक्रमण गरेको हो । इरानको अर्धसैन्य दस्ता इस्लामिक रिभोलुशनरी गाड्र्स कप्र्सले अमेरिकासँग सम्बन्ध जोडिएका स्थानमा गरिएको आक्रमण वैध रहेको दाबी गरेको छ । 

इरानले खाडी राष्ट्रहरुमा निरन्तर मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ । तर, आफ्नो अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीमार्फत यी चुनौतीहरुलाई असफल बनाइएको खाडी देशहरुको दाबी छ ।

यसअघि शनिबारै इराकको बग्दादस्थित अमेरिकी दूतावासमा पनि इरानले बम खसालेको थियो । 

कान्तिपुर

Link copied successfully