इराकको बन्दरगाह नजिक दुई तेल ट्यांकरमा आक्रमण, एक जनाको मृत्यु

इराकको दक्षिणी समुद्री क्षेत्रमा रहेको अल–फाउ बन्दरगाह नजिक दुई तेल ट्यांकरमाथि आक्रमण भएको छ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Two oil tankers attacked near Iraqi port, one killed

काठमाडौँ — इराकको दक्षिणी समुद्री क्षेत्रमा रहेको अल–फाउ बन्दरगाह नजिक दुई विदेशी तेल ट्यांकरमाथि आक्रमण भएको छ।

सार्वजनिक फुटेजमा दक्षिणी इराकको उम्म कास्र बन्दरगाहबाट प्रस्थान गरेलगत्तै ती ट्यांकरहरूमा आक्रमण भएपछि ठूलो आगलागी भएको देखिएको छ। ती ट्यांकरहरू बसरा प्रान्तबाट कच्चा तेल बोकेर निस्किएका थिए।

इराकी अधिकारीहरूका अनुसार दुवै जहाज अल–फाउ बन्दरगाह नजिकै इराकको समुद्री क्षेत्रमा रहँदा विस्फोटक पदार्थले भरिएको डुङ्गाद्वारा आक्रमणमा परेका थिए। 

अधिकारीहरूले उक्त डुङ्गा इरानबाट पठाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यसअघि इरानले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने तेल बोकेका जहाजलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो।

आक्रमणपछि ३८ जना चालकदल सदस्यलाई सुरक्षित उद्धार गरेको छ भने एक जनाको मृत्यु  भएको छ। केही ट्यांकर चालकदलका केही सदस्य अझै बेपत्ता हुन सक्ने बताइएको छ।

कान्तिपुर

Link copied successfully