अमेरिका-इजरायलसँगको युद्ध अन्त्य गर्न इरानले अघि सार्‍यो यस्ता सर्त

अमेरिका–इजरायलसँग चलिरहेको युद्धका बीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्य गर्नका लागि सर्त राखेका छन्।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Iran has put forward these conditions to end the war with the US-Israeli

काठमाडौँ — अमेरिका–इजरायलसँग चलिरहेको युद्धका बीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्य गर्नका लागि सर्त राखेका छन्।

रूस र पाकिस्तानका नेतासँगको कुराकानीमा उनले यस क्षेत्रमा शान्तिका लागि इरानको प्रतिबद्धता दोहोर्‍याएको बताएका छन्।

‘जुन युद्ध इजरायल र अमेरिकाले सुरु गरे त्यसलाई अन्त्य गर्ने एकमात्र उपाय इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धबाट भएको नोक्सानको क्षतिपूर्ति दिनु तथा भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु हो,’ उनले एक्समा लेखेका छन्।

राष्ट्रपति पेजेस्कियानको यो भनाइ यस्तो बेलामा आएको हो, जुन बेला अमेरिका र इरानबीच जारी तनावका कारण पश्चिम एसियामा तनाव बढिरहेको छ।

कान्तिपुर

Link copied successfully