इरानमा अमेरिकी स्थल सेना तैनाथ हुनसक्ने डेमोक्रेटिक सांसद्हरूको भय

सिनेटर रिचर्ड ब्लुमेन्थलले सरकारले अमेरिकी स्थल सेनालाई इरानमा पठाउने जोखिम बढेको चिन्ता प्रकट गरे ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Democratic lawmakers fear US ground troops could be deployed in Iran

काठमाडौँ — अमेरिकाको विपक्षी दल डेमोक्रेटिक पार्टीका सांसद्हरूले इरानमा स्थल सैनिक परिचालन हुनसक्ने चिन्ता प्रकट गरेका छन् ।

ट्रम्प प्रशासनले युद्ध सुरु हुनुको कारण, यसको लक्ष्य र सकिने मितिबारे सिनेटलाई स्पष्ट बुझाउन नसकेको आरोप उनीहरुले लगाए । 

ट्रम्प प्रशासनले युद्धबारे सिमितमात्रै जानकारी बाहिर ल्याएको पनि उनीहरुको आरोप छ । मंगलबार सिनेटमा सशस्त्र सेवा समितिका सदस्यहरूसँगको ब्रिफिङपछि पत्रकारहरूसँग बोल्दै सिनेटर रिचर्ड ब्लुमेन्थलले सरकारले अमेरिकी स्थल सेनालाई इरानमा पठाउने जोखिम बढेको चिन्ता प्रकट गरे ।

'सम्भावित उद्देश्यहरू पूरा गर्न इरानमा अमेरिकी सेना तैनाथ गर्ने बाटोमा सरकार हिडिंरहेजस्तो देखिन्छ," ब्लुमेन्थलले पत्रकारहरूलाई भने, 'सांसद्हरुले युद्धको खर्च, यसको अपेक्षित अवधि र यसले अमेरिकी सेना तथा कर्मचारीलाई निम्त्याउने जोखिमका विषयमा स्प्ट जानकारी लिन चाहेका छन् । यी कुराहरू सरकारले स्पस्ट गरेको छैन । '

डेमोक्र्याटिक सिनेटर जिन शाहीनले पनि यस्तै चिन्ता व्यक्त गरिन्, सरकारले स्पष्ट जानकारी दिनको साटो थप प्रश्न उठ्ने कामहरू गरेको उनले बताइन् । 

राष्ट्रपित डोनाल्ड ट्रम्पले इरानमा सम्भावित रूपमा स्थल सेना तैनाथ गर्ने विकल्प अस्वीकार गरेको छैन । तर  जलसेना र वायु सेनाले नै इरान युद्ध समाप्त गर्ने भएकाले स्थल सेना पठाउन आवश्यक नरहेको उनको दाबी छ । इरान युद्ध १ औं दिनमा चलिरहेको छ । ट्रम्पले यसअघि चार साता वा त्यसभन्दा कम समयमा युद्ध सकिने दाबी गरेपनि विश्लेषकहरुले युद्ध लम्बिने आँकलन गरेका छन् । 

कान्तिपुर

Link copied successfully