इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु

दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी गरी भनेको छ, “गामो अञ्चलका तीन जिल्लामा आएको प्राकृतिक विपत्तिबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

फाल्गुन २७, २०८२

रासस

48 people die in Ethiopia floods

नैरोबी — दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ । 

दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी गरी भनेको छ, “गामो अञ्चलका तीन जिल्लामा आएको प्राकृतिक विपत्तिबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । 

प्रहरीका अनुसार बाढीमा परी कम्तीमा ९५ जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।  पूर्वी अफ्रिकामा पछिल्ला केही दिन यता ठूलो बाढी आएको छ ।

राजधानी नैरोबी र अन्य क्षेत्रमा शुक्रबार परेको मुसलधारे वर्षाका कारण छिमेकी केन्यामा दर्जनौँको मृत्यु भएको छ । धेरै अध्ययनहरूले विगत २० वर्षमा पूर्वी अफ्रिकामा अत्यधिक बर्षा र लामो खडेरी बढ्दो आवृत्तिलाई पछ्याइरहेको देखिन्छ । 

मानव–सञ्चालित जलवायु परिवर्तनले मुसलधारे वर्षाजस्ता गम्भीर मौसमी घटनाहरूको सम्भावना, लम्बाइ र गम्भीरता बढाइरहेको वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् । 

रासस

Link copied successfully