१९६९ मा जन्मिएका मोज्तबा अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन्। युवावस्थामा उनले १९८० को दशकमा इरान-इराक युद्धको समयमा स्वयंसेवकको रूपमा लडेका थिए ।
काठमाडौँ — इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइका छोरा मोज्तबा खामेनेइलाई नयाँ सर्वोच्च नेता चयन भएका छन् ।
अली खामेनेइले १९८९ देखि मृत्यपर्यन्त इरानको नेतृत्व गरेका थिए । २८ फेब्रुअरीमा अमेरिकी आक्रमणमा परेर उनको मृत्यु भएको थियो ।
सर्वोच्च नेताको जाँच र छनोट गर्ने जिम्मेवारी पाएको इरानको ८८ सदस्यीय विशेषज्ञ सभाले सोमबार सटीक र व्यापक छलफलपछि मोज्तबा खामेनेइलाई छनोट गरिएको जनाएको छ ।
१९६९ मा जन्मिएका मोज्तबा अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् । युवावस्थामा उनले १९८० को दशकमा इरान-इराक युद्धको समयमा स्वयंसेवकको रूपमा लडेका थिए । त्यसपछि शिया धर्मशास्त्रको प्रमुख केन्द्र कोममा अध्ययन गरेका थिए ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले नयाँ सर्वोच्च नेताप्रति बफादार हुने प्रतिज्ञा व्यक्त गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले इजरायल-अमेरिकाको निरन्तर हवाई आक्रमणक बाबजुद विज्ञहरूले सभा बोलाएकोमा धन्यवाद दिए ।
उनले नयाँ सर्वोच्च नेताको छनोट समयमै र व्यवस्थित तरिकाले सम्पन्न भएको बताए ।
इरानले युद्ध अन्त्यका लागि बिनासर्त आत्मसमर्पण गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । नहुने बताएका थिए । तर,इरानले आफ्नो सर्वोच्च नेताको हत्याको बदला लिएर छाड्ने बताएको छ ।
