अहिले इरानमा राष्ट्रपति मसुद पेजेश्कियन, प्रधान न्यायाधिस गोलाम हुसैन मोसेनी र अभिभावक परिषद्का आयतुल्लाह अलिरेजा अराफी नेतृत्वको संयुक्त संक्रमणकालीन राज्य सञ्चालन समितिले सरकार चलाइरहेको छ ।
काठमाडौँ — इरानी धर्मगुरुहरूले सर्वोच्च नेता छनोटका लागि भर्चुअल बैठक गरेका छन् ।
इजरायलले सोमबार कुमस्थित ८८ सदस्यीय विशेषज्ञ सभाहलको परिसरमा बम हानेपछि धर्मगुरूहरु प्रत्यक्ष उपस्थित हुन नसकेका हुन् ।
कुम शहर शिया इस्लामको प्रमुख केन्द्र हो । इरानका स्वर्गीय सर्वोच्च नेता स्व. आयतुल्लाह खामेनेइ र पूर्वराष्ट्रपतिहरूले यहाँ अध्ययन गरेका थिए । सन् १९७९ को इस्लामिक क्रान्तिको उभार पनि यहीबाटै सुरु भएको थियो ।
खामेनेइ जीवित छँदा इरानमा उनका उत्तराधिकारीको छनोट भएन । त्यहीकारण अहिले आपतकालबीच धर्मगुरूहरूले सर्वोच्च नेता चयन गर्दैछन् ।
शनिबार अमेरिका-इजरायल आक्रमणमा खामेनेइ तथा रिभोलुशनरी गार्डस् कर्प्सका कमाण्डरसहित ठूलो संख्यामा शीर्ष नेता मारिएका थिए ।
खानेनेइका छोरा मोजतबा खामेनेइ सर्वोच्च नेताको प्रमुख दाबेदारमध्ये एक हुन्, तर अहिले उनको अवस्था अज्ञात छ ।
अहिले इरानमा राष्ट्रपति मसुद पेजेश्कियन, प्रधान न्यायाधिस गोलाम हुसैन मोसेनी र अभिभावक परिषद्का आयतुल्लाह अलिरेजा अराफी नेतृत्वको संयुक्त संक्रमणकालीन राज्य सञ्चालन समितिले सरकार चलाइरहेको छ ।