साउदीद्वारा इरानी ड्रोन र क्रुज मिसाइल आक्रमण निस्तेज

साउदी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल टुर्की अल–मालिकीद्वारा जारी विज्ञप्ति अनुसार वायु रक्षा बलले पूर्वी प्रान्तमा उडिरहेको एक ड्रोन र अल–खर्ज क्षेत्रमाथि रहेका दुई वटा क्रुज मिसाइललाई अवरोध गरी नष्ट गरेको हो ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Saudi Arabia thwarts Iranian drone and cruise missile attacks

काठमाडौँ — साउदी अरबको वायु रक्षा प्रणालीले पूर्वी प्रान्तस्थित रस तनुरा तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै गरिएको एक ड्रोन र दुई वटा क्रुज मिसाइल बुधबार अवरोध गरी नष्ट गरेको जनाएको छ ।

साउदी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल टुर्की अल–मालिकीद्वारा जारी विज्ञप्ति अनुसार वायु रक्षा बलले पूर्वी प्रान्तमा उडिरहेको एक ड्रोन र अल–खर्ज क्षेत्रमाथि रहेका दुई वटा क्रुज मिसाइललाई अवरोध गरी नष्ट गरेको हो ।

ऊर्जा मन्त्रालयका छुट्टै वक्तव्यमा ड्रोनमार्फत रस तनुरा रिफाइनरीलाई लक्षित गरी आक्रमण प्रयास गरिएको पुष्टि गरेको छ । तर, उक्त घटनाबाट कुनै भौतिक क्षति नभएको तथा तेल आपूर्ति प्रणालीमा असर नपरेको जनाइएको छ ।

रस तनुरा साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन तथा निर्यात केन्द्रमध्ये एक मानिन्छ ।

कान्तिपुर

Link copied successfully