स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारी अनिल जसिङ्घेले एक जनाको अवस्था गम्भीर रहेको, सात जनाको आपतकालीन हेरचाह भइरहेको र बाँकी सामान्य घाइते रहेको बताए ।
काठमाडौँ — श्रीलंकाको तटनजिकै इरानी जहाजलाई एक शंकास्पद पनडब्बुले आक्रमण गर्दा १०० भन्दा बढी व्यक्ति बेपत्ता भएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।
यस घटनामा दर्जनौं घाइते भएका छन् ।
श्रीलंकाको जलसेना र रक्षा मन्त्रालयका अधिकारीहरुले बुधबार कम्तिमा १ सय १ व्यक्ति बेपत्ता भएको बताए । त्यस्तै ७८ जना घाइते भएको उनीहरुले बताए । यो आक्रमण श्रीलंकाको तटीय क्षेत्रमा भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डुबिरहेको जहाजबाट ३२ जनालाई उद्धार गरिएको छ र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारी अनिल जसिङ्घेले एक जनाको अवस्था गम्भीर रहेको, सात जनाको आपतकालीन हेरचाह भइरहेको र बाँकी सामान्य घाइते रहेको बताए ।
श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले जलसेना र वायुसेना विमानहरू तैनाथ गरेर उद्धार कार्य जारी राखिएको बताए ।
१८० जना यात्रु बोकेको आइरिस डेना जहाज समस्यामा परेको विषय श्रीलंकाली संसद्लाई जानकारी दिइएको उनले बताए ।