मध्यपूर्वमा द्वन्द्व द्रुत गतिमा विस्तार हुँदै जाँदा फ्रान्सले आफ्ना सैन्य पूर्वाधार जोगाउन विमान तैनाथ गरेको हो ।
काठमाडौँ — फ्रान्सले युएईको आकाशमा आफ्ना सैन्य आधारहरूको सुरक्षा गर्न राफेल लडाकु विमानहरू तैनाथ गरेको छ ।
विदेशमन्त्री जीन-नोएल ब्यारोटले मंगलबार विमान तैनाथ गरिएको जानकारी दिएका हुन् ।
'उनीहरूले हाम्र आधार शिविरहरूको सुरक्षार्थ अपरेशनहरू सञ्चालन गर्नेछन्,' ब्यारोटले भने । अबुधाबी नजिकै रहेको डाफ्रा बेसमा ठूलो संख्यामा फ्रान्सका जलसेना, वायु सेना र स्थल सेना छन् । यहाँ राफेल विमानहरू पहिल्यैदेखि राखिएका छन् । र मध्यपूर्वमा द्वन्द्व द्रुत गतिमा विस्तार हुँदै जाँदा फ्रान्सले आफ्ना सैन्य पूर्वाधार जोगाउन ती विमानलाई तैनाथ गरेको हो ।
फ्रान्सले इरानमाथि अमेरिका-इजरायल आक्रमणको आलोचना गर्दै आएको छ। राष्ट्रपति इमानुएल म्याक्रोंले लअन्तर्राष्ट्रिय कानूनविपरीत आक्रमण भएको बताएका छन् । 'यो अन्तर्राष्ट्रिय कानुनको उल्लघंन हो । त्यसैले हामी यसलाई स्विकृति दिन सक्दैनौ,' म्याक्रोंले भनेका छन् ।
