अहिलेको क्षतिको मूल्य चर्को परेपनि अनन्त: इरान सफल हुने मेदभेदेवले बताए
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वयुद्ध सुरु गर्न सक्ने चेतावनी पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले दिएका छन्।
सोमबार रूसी समाचार एजेन्सी ताससँगको अन्तर्वार्तामा उनले ट्रम्पमाथि आपराधिक रूपमा शासन परिवर्तन अभियान चलाइरहेको आरोप लगाए ।
अहिले रूसको सुरक्षा परिषद्को उपाध्यक्ष रहेका मेदभेदेवलाई तेस्रो विश्वयुद्ध सुरु भइसकेको छ कि भनेर सोधिएको थियो, ' प्राविधिक रूपमा, होइन / तर यदि ट्रम्पले आपराधिक शासन परिवर्तनको आफ्नो पागल मार्ग जारी राखे भने निसन्देश सुरु हुनेछ । र कुनै पनि घटना ट्रिगर हुन सक्छ,' उनले भने ।
इरानमाथिको आक्रमण अमेरिका र उसका सहयोगीहरूले विश्वव्यापी प्रभुत्व कायम राख्न गरेको व्यापक युद्धको अंशमात्रै रहेको उनले बताए ।
मेदभेदेवका अनुसार ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्या गरेर सबै अमेरिकीहरूलाई जोखिममा परेका छन् । ' उनले गम्भीर गल्ती गरेका छन्,' मेदभेदेवले भने ।
इरानले आफ्नो आणविक हतियार विकास कार्यक्रमलाई थप रफ्तारका साथ अघि बढाउने पनि उनले बताए । उनले अहिलेको क्षतिको मूल्य चर्को परेपनि अनन्त: इरान सफल हुने बताए ।
उनले रूसमाथि अमेरिकाले आक्रमण गर्ने कुनै जोखिम नरहेको बताए । 'अमेरिका रूससँग डराउँछ र आणविक द्वन्द्वको मूल्य जान्दछ,' उनले भने ।
