ट्रम्पले भने : इरान आक्रमणमा बेलायती प्रधानमन्त्रीले सघाएनन्

ट्रम्पले फ्रान्सको भने प्रशंसा गरेका छन् । 'फ्रान्सले निकै राम्रो गरेको छ । बेलायत भने अरूभन्दा फरक देखिएको छ ।'

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Trump says British PM did not help Iran attack

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आक्रमणमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले नसघाएको भन्दै आलोचना गरेका छन् ।

बेलायती सञ्चारमाध्यम सनसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, 'सहयोग भएको छैन । मैले यस्तो होला भन्ने सोचेको थिइनँ । मैले बेलायतबाट यस्तो होला भन्ने सोचेको थिइनँ ।' सनलाई दिएको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, 'यो निकै दु:खद हो, हाम्रो सम्बन्ध यस्तो होइन ।'

सोमबार प्रधानमन्त्री स्टार्मरले हाउस अफ कमन्समा आकाशबाटै सत्ता परिवर्तन हुनेमा विश्वास नभएको बताएका थिए । बीबीसीका अनुसार सुरुमा बेलायतले अमेरिकालाई इरानमा आक्रमण गर्न ब्रिटिस बेस प्रयोग गर्न दिएको थिएन ।

पछि मात्र रक्षात्मक अवस्थाका लागि भन्दै बेलायतले बेस खोलेको थियो । ट्रम्पले फ्रान्सको भने प्रशंसा गरेका छन् । 'फ्रान्सले निकै राम्रो गरेको छ । बेलायत भने अरूभन्दा फरक देखिएको छ ।'

कान्तिपुर

Link copied successfully