साउदी अरबमा रहेको अमेरिकी दूतावासमा ड्रोन हमला भएको छ। रियादस्थित अमेरिकी दूतावासमा हमला भएको साउदी अरबको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौँ — साउदी अरबमा रहेको अमेरिकी दूतावासमा ड्रोन हमला भएको छ। रियादस्थित अमेरिकी दूतावासमा हमला भएको साउदी अरबको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
दूतावासले एक्समा हमलाबाट हल्का आग लगी भएको र भवनमा थोरै क्षति भएको उल्लेख गरेको छ। साउदी अरबको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा रहनेहरूलाई घरमै सुरक्षित रहन सल्लाह दिएको छ।
त्यसअघि सोमबार कुवेतमा अमेरिकी दूतावास क्षेत्रमा धुवा देखिएको थियो। त्यसपछि दूतावासले दूतावासमा नआउन र आफ्नै घरमा सुरक्षित रहन आग्रह गरेको थियो।
अमेरिका र इजरायलले शनिबार इजरायलमा आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्लाह अलि खमेनेई मारिएका थिए।
त्यसयता इरानले पनि जवाफी कारबाही गरिरहेको छ। उसले विशेषगरि खाडी देशहरुमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दैै मिसाइल प्रहार गरिरहेको छ।
