आक्रमणको ठूलो लहर आउनै बाँकी छ : ट्रम्प 

ट्रम्पले युद्ध चार हप्ता लम्बिनसक्ने आफ्नो पुरानो दाबी दोहोर्याए

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

A big wave of attacks is yet to come: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमणको ठूलो लहर आउन बाँकी नै रहेको बताए ।

सीएनएनसँगको नौ मिनेटको फोन अन्तर्वार्तामा उनले अमेरिकाले अझै ठूलो आक्रमण गर्ने संकेत गरे । 

उनले शनिबार अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह खामनेनेइसहित ४९ जना शीर्ष नेता मारिएको दाबी गरे । ट्रम्पले सीएनएनका जेक ट्यापरसँग भने, 'मलाई लाग्छ आक्रमण धेरै राम्रो भइरहेको छ। यो धेरै शक्तिशाली छ। हामीसँग संसारको सबैभन्दा ठूलो सेना छ र हामी यसलाई प्रयोग गरिरहेका छौं ।'

उनले युद्ध चार हप्ता लम्बिनसक्ने आफ्नो पुरानो दाबी दोहोर्याए । इरानको नेतृत्व कसले गर्न सक्छ भन्ने प्रश्नमा ट्रम्पले भने, 'हामीलाई थाहा छैन नेतृत्व को हो ? हामीलाई थाहा छैन उनीहरूले कसलाई छान्छन्।  प्रारम्भिक आक्रमणका कारण इरानीहरूले नेतृत्वको हिसाबले धेरै कुरा गुमाए। उनन्चालीस जना । यो एउटा अद्भुत हमला थियो,' उनले भने । 

उनले इरानसँग वार्ताको प्रयास गरेपनि सम्झौतामा पुग्‍न नसकेको बताए । ' उनीहरु हरेक नयाँ प्रस्ताव आएसँगै पुरानै कुरा निकाल्थे‌ । युरेनियम सम्वर्द्धन अन्त्य गर्न सहमत भएनन् ।' 

कान्तिपुर

Link copied successfully