इरान युद्धले फसेका यात्रुको खाना र बासको व्यवस्था युएई सरकारले गर्ने

शनिबार युएईमा विमानस्थलहरू बन्द भएदेखि २०,००० भन्दा बढी यात्रुहरू प्रभावित छन्

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

UAE government to provide food and accommodation for passengers stranded by Iran war

काठमाडौँ — मध्यपूर्वमा भएको द्वन्द्वका क्रममा देशमा फसेका दशौं हजार यात्रुहरूको खाना र आवास खर्च संयुक्त अरब इमिरेट्सले बेहोर्ने भएको छ ।

युएईको सरकारी सञ्चारमाध्यम द नेशनलका अनुसार संस्कृति तथा पर्यटन विभाग (डिसीटी)ले होटलहरूलाई सूचना पठाउँदै देशमा रोकिएका यात्रु तथा पर्यटकलाई सुरक्षित राख्‍न आग्रह गरेको छ ।

'वृद्धि गरिएको बसाइको लागत डिसिटी अबुधाबीले बेहोर्नेछ,' सूचनामा भनिएको छ। अन्य रिपोर्टहरूले पनि पर्यटकको रकम राज्यले बेहोर्ने बताएका छन् ।

शनिबार अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्यु भएको थियो । जवाफमा  इरानले युएईको राजधानी अबुधाबी र आर्थिक तथा पर्यटकीय केन्द्र दुबईलाई लक्षित गरी ठूलो संख्यामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।

शनिबार युएईमा विमानस्थलहरू बन्द भएदेखि २०,००० भन्दा बढी यात्रुहरू प्रभावित छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थल दुवै इरानी आक्रमणबाट क्षतिग्रस्त भएका छन् ।

उडान स्थगित भएपछि यात्रुहरूको लामो लाइन लागेको भिडियो देखाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully