इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएपछि अब त्यहाँको सत्ता सञ्चालन राष्ट्रपतिसहित तीन व्यक्तिले गर्ने भएका छन्।
काठमाडौँ — इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएपछि अब त्यहाँको सत्ता सञ्चालन राष्ट्रपतिसहित तीन व्यक्तिले गर्ने भएका छन्।
इरानको एक समाचार एजेन्सीका अनुसार राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले अहिलेको संक्रमणलाई सम्हाल्ने छन्।
लामो समयदेखि इरानको सत्ता सम्हालिरहेका खामेनेई मारिएपछि त्यहाँ रिक्तता छाएको छ।
इरानमा मसउद पेजेशकियन राष्ट्रपति छन् भने गोलाम–होसैन मोहसेनी–एजेई न्यायालय प्रमुख रहेका छन्।
उनी अमेरिका र इजरायले संयुक्तरुपमा गरेको अवाइ आक्रमणमा मारिएका थिए।
