इरानी मिडियाले पनि गरे खामेनेई मारिएको पुष्टि, ४० दिने राष्ट्रिय शोकको घोषणा

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेका छन्।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Iranian media also confirms Khamenei's assassination, declares 40 days of national mourning

काठमाडौँ — इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको छन्।

उनी अमेरिका र इजरायलले संयुक्तरुपमा गरेको हवाइ आक्रमणमा मारिएका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनेई मारिएको उल्लेख गरेका थिए।

त्यस्तै उनकी छोरी, ज्वाइ र नाती समेत मारिएको इरानी मिडियाले उल्लेख गरेका छन्।

४० दिने शोकको घोषणा
खामेनेई मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ।

इरानको सेना रिभुलसनरी गार्ड निकट समाचार संस्था ‘दी फार्स एजेन्सी’का अनुसार उनको निधन भएको शोकमा ४० दिनको शोक घोषणा गरिएको छ।

त्यस्तै ७ दिनको सार्वजनिक विदा समेत घोषणा गरिएको बताइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully