ईरानका सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी

इजरायली एयरफोर्सले आईएएफका फाटर जेट्सले इरानी सेनालाई लक्षित गर्दै सटिक आक्रमण गरेको र त्यसमा इरानी डिफेन्स नेतृत्वका सात जना वरिष्ठ अधिकारी मारिएको बताएको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Trump claims Iran's Supreme Leader Khamenei has been killed

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायली आक्रमणमा ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन् । 

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनेई मारिएको बताएका हुन् । उनले लेखेका छन्, ‘इतिहासको सबैभन्दा क्रुर व्यक्तिमध्ये एक खामेनेई मारिएका छन् । यो केवल इरानी जनताका लागि मात्रै नभइ विश्ववका ती देशका नागरिकका साथ पनि न्याय भएको छ । जसलाई खामेनेही र उनका हत्यारा गिरोहले मारेका थिए ।’

अमेरिका–इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण सुरु गरेका थिए । यस्तै इजरायली एयरफोर्सले आईएएफका फाटर जेट्सले इरानी सेनालाई लक्षित गर्दै सटिक आक्रमण गरेको र त्यसमा इरानी डिफेन्स नेतृत्वका सात जना वरिष्ठ अधिकारी मारिएको बताएको छ । 

मारिनेहरुमा अली शमखानी, मोहम्मद पाकपुर, सालेह असादी, मोहम्मद शिराजी, अजीज नसीरजादेह, हुसैन जबल अमेलियन, रेजा मोजाफरी–नीया रहेको इजरायली सेनाले जनाएको छ । यता निर्वाशित पूर्व युवराज रेजा पहलवीले शनिबार इरानी जनतालाई एकजुट हुन अपील गरेका छन् । खामेनेई मारिएको ट्रम्पको दाबीपछि उनले ‘एक स्वतन्त्र र खुसीयुक्त भविष्यका लागि एक स्थिर परिवर्तन’को समर्थन गर्न अपील गरेका हुन् । उनले सरकारका तर्फबाट उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि कोशिस असफल पार्नुपर्ने बताएका छन् । 

ट्रम्पले पूरै साता मध्य पूर्वसहित विश्वमा शान्ति स्थापित गर्नका लागि बमबारी जारी रहने बताएका छन् । यता इरानले भने खामेनेई मारिएको खबर सत्य नभएको बताएको छ । इरानी सरकारले खामेनेईले अझै पनि युद्धका लागि निर्देशनहरु दिइरहेको दाबी गरेको छ । तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खामेनेईको मृत्युको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully