ईरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) ले मध्यपूर्वमा रहेका सबै ईजरायली तथा अमेरिकी सेनाका अखडामा हमला गरिएको जनाएको छ ।
काठमाडौँ — ईरानले आफुमाथि भएको आक्रमणको जवाफमा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा प्रत्याक्रमण गरेको छ ।
खाडी समन्वय परिषद् (जीसीसी) का ६ सदस्य देशमध्ये ५ वटा देश बहराइन, कुवेत, कतार, साउदी अरेबिया र युएईमा रहेका अमेरिकी सेनाका अखडामा ईरानले आक्रमण गरेको हो ।
ओमानमा भने कुनै आक्रमण गरिएको छैन । यसअघि ओमानले ईरान र अमेरिकाबीच वार्ताको पहल गरेको थियो ।
ईरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) ले मध्यपूर्वमा रहेका सबै ईजरायली तथा अमेरिकी सेनाका अखडामा हमला गरिएको जनाएको छ ।
ईरानले प्रत्याक्रमणका क्रममा मध्यपर्वूमा रहेका इजरायल र अमेरिकी सेनाका अखडाहरुमा ठूलो क्षति पुगेको दाबी गरेको छ । ‘ईरानी शक्तिशाली मिसाइलले त्यसलाई तहसनहस पारेको छ,’ ईरानको अर्धसैन्य दस्ता ईस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) ले भनेको छ ।
‘शुत्र परास्त नभएसम्म यो अपरेशन जारी रहनेछ, ’ आईआरजीसीको विज्ञप्तिमा उल्लेख छ, ‘मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सम्पत्तिमाथिको ईरानी सेनाको आक्रमण वैध हुने छ ।’
अबुदाबीमा कम्तिमा एक व्यक्ति आक्रमणमा मारिएका छन् । ईरानबाट प्रहार भएका धेरैवटा मिसाइलहरुलाई रोक्न सफल भएको युएईको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
बहराईनको मानामास्थित अमेरिकी जलसेनाको फिफ्थ फ्लिटको मुख्यालय नजिक ईरानले हमला गरेको छ । बहराइनले यस हमलालाई आफ्नो सार्वभौमसत्ता र सुरक्षामाथिको आक्रमणका रूपमा निन्दा गरेको छ ।
यसै क्षेत्रमा कतार र कुवेतले आफ्नो एयर स्पेसमा मिसाइल प्रहार भएको र त्यसलाई सफलतापूर्वक रोकिएको बताएका छन् ।
