इरानी विद्यालय भवनमा आक्रमण भएको विदेशमन्त्री अराघचीद्वारा जानकारी, मृत्यु हुनेको संख्या ८५ पुग्यो

यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको थियो ।

फाल्गुन १६, २०८२

रासस

Iranian Foreign Minister Araghchi says attack on school building kills 85

काठमाडौँ — इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको थियो ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गरेका थिए । 

अराघचीले भने, 'यो विद्यालयमा साना बच्चाहरू उपस्थित रहेका समय दिनदहाडै बमबारी गरिएको थियो । यो ठाउँमा मात्रै दर्जनौं निर्दोष बालबालिकाको हत्या भएको छ । इरानी जनतामाथि भएका यी अपराधको जवाफ दिइनेछ ।'

आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ताले भने, 'अन्य सम्भावित पीडितहरूको खोजी गर्न भवनको भग्नावशेष हटाउने काम जारी छ ।'

रासस

Link copied successfully