ग्यालपले फेब्रुअरी २ देखि १६ सम्म टेलिफोनमार्फत एक हजार एक अमेरिकी वयस्कबीच सर्वेक्षण गरेको थियो ।
काठमाडौँ — विनाशकारी गाजा युद्धपछि सार्वजनिक भएको ग्यालप पोलले अमेरिकी जनताले प्यालेस्टिनीप्रति सहानुभूति राखेको देखाएको छ । पहिलो पटक अमेरिकी जनताले इजरायलको दाँजोमा प्यालेस्टिनीप्रति सहानुभूति राखेको पनि सर्वेक्षणकर्ताहरूले बताएका छन् ।
सर्वेक्षण अनुसार ४१ प्रतिशत अमेरिकीहरूले प्यालेस्टिनी पक्षलाई समर्थन गरेका छन् भने ३६ प्रतिशत इजरायलको पक्षमा छन् । बाँकीले निर्णय गरेका छैनन् वा दुवैलाई मन पराउँदैनन् । गत वर्ष सर्वेक्षण नतिजा ठिक उल्टो थियो । त्यसबेला अमेरिकीहरूको ४६ प्रतिशत इजरायल पक्षमा र ३३ प्रतिशत प्यालेस्टिनी पक्षमा सहानुभूति राख्थे ।
सर्वेक्षणअनुसार रिपब्लिकन मतदाताहरूले अझै इजरायललाई बलियो समर्थन गरिरहेका छन् । सर्वेक्षणमा सहभागी भएका रिपब्लिकन मतदातामध्ये ७० प्रतिशतले इजरायलको पक्षमा समर्थन रहेको बताएका थिए । डेमोक्रेटिक मतदातामध्ये ६५ प्रतिशतले प्यालेस्टिनी जनताको पक्षमा समर्थन रहेको बताए ।
ग्यालपले फेब्रुअरी २ देखि १६ सम्म टेलिफोनमार्फत एक हजार एक अमेरिकी वयस्कबीच सर्वेक्षण गरेको थियो ।
