इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो नेता बने मोदी

मोदी सामाजिक सञ्जाल इन्स्टामा यो रेकर्ड पार गर्ने विश्वको पहिलो राजनेता बनेका छन् ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Modi becomes first world leader to cross 100 million followers on Instagram

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा एक सय मिलियन अर्थात १० करोड फलोअर्स पार गरेका छन् । 

मोदी सामाजिक सञ्जाल इन्स्टामा यो रेकर्ड पार गर्ने विश्वको पहिलो राजनेता बनेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मोदीले सन् २०१४ मा इन्स्टाग्राम अकाउन्ट खोलेका थिए । 

पछिल्लो एक दशमा उनको अकाउन्ट विश्वका नेताहरुबीच सबैभन्दा बढी सक्रिय र लोकप्रिय बनेको छ । 

प्रमुख वैश्विक नेताहरुमा अब मोदीको इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स बनेका छन् । यस प्लेटफर्ममा मोदीका फलोअर्स अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा दुई गुणा बढी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully