राँची विमानस्थलका अधिकारीका अनुसार विमानमा चाल दलका सदस्यसहित सात जना सवार रहेका थिए ।
काठमाडौँ — भारतको राँचीबाट दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स झारखन्डको सिमरिया नजिक दुर्घटनाग्रस्त बनेको छ ।
राँची विमानस्थलका अधिकारीका अनुसार विमानमा चाल दलका सदस्यसहित सात जना सवार रहेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार आधिकारिक बयानमा २३ फेब्रुअरी अर्थात सोमबार रेडबर्ड एयरवेज प्रालिको बीचक्राफ्ट सी–९० विमान ‘राँची–दिल्ली’ सेक्टरमा मेडिकल इभेक्यूएशन (एयर एम्बुलेन्स) उडान भरेको थियो । तर यक्त विमान झारखन्डको चतरा जिल्लाको कसारिया पञ्चायतमा दुर्घटनाग्रस्त बनेको हो ।
विमानमा दुई जना चालदलका सदस्यसहित सात जना सवार थिए । विमान राँचीबाट स्थानीय समयअनुसार ७ बजेर ११ मिनेटमा उडान भरेको थियो । कोलकाताबाट सम्पर्क स्थापित गरेपछि साँझ ७ बजेर ३४ मिनेटमा विमानको सम्पर्क कोलकाताको राडारबाट विच्छेद भएको थियो । उक्त समय विमान वाराणासीबाट करिब १०० नटिकल माइल दक्षिण पूर्वमा रहेको बताइएको छ ।
