ईरान सरकारविरुद्ध फेरि सडकमा उत्रिए विद्यार्थी

विद्यार्थीहरुले गत महिना हजारौंको संख्यामा मारिएका प्रदर्शनकारीलाई श्रद्धाञ्जली दिइरहेका बेला सरकार समर्थितहरुले आक्रमण गरेको बताइएको छ ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Students take to the streets again against the Iranian government

काठमाडौँ — ईरानका केही विश्वविद्यालयमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । गत महिना प्रदर्शनकारीविरुद्ध सरकारको हिंस्रक दमनपछि ठूलो मात्रामा अर्को प्रदर्शन शनिबार भएको न्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले शनिबार राजधानी तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको परिसरमा मार्च गर्दै प्रदर्शन गरेको घटना भिडियो पुष्टि गरेको छ । उक्त भिडियोमा पछि प्रदर्शनकारी र सरकार समर्थकहरुबीच झडप भएको पनि देखिएको छ । 

तेहरानको एक अन्य विश्वविद्यालयमा पनि विद्यार्थीहरुले धर्ना दिएका छन् । अर्कोतर्फ उत्तरपूर्वी क्षेत्रमा पनि विरोध र्‍याली निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विद्यार्थीहरुले गत महिना हजारौंको संख्यामा मारिएका प्रदर्शनकारीलाई श्रद्धाञ्जली दिइरहेका बेला सरकार समर्थितहरुले आक्रमण गरेको बताइएको छ । 

यता अमेरिकाले इरानको आसपासमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको संकेत गरिसकेका छन् । उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै साता दिनमा यसबारे जानकारी हुने बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully