अन्दाजी २० वर्ष उमेरका व्यक्तिको हातमा बन्दुक र पेट्रोलको क्यान रहेको पाम बीच काउन्टी कार्यालयका अधिकारीहरूले बताएका छन् ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरभित्र जर्बजस्ती छिरेका एक व्यक्तिलाई गुप्तचर सेवा र पाम बीच काउन्टी ल इन्फोर्समेन्ट अधिकारीहरूले गोली हानेर मारेका छन् ।
ती व्यक्ति बन्दूकसहित मार ए लागेस्थित घरमा आइतबार बिहान स्थानीय समयअनुसार १ बजेर ३० मिनेट जाँदा छिरेका थिए ।
तत्कालीन समय राष्ट्रपति ट्रम्प र फर्स्ट लेडी मेलानिया वासिंगटन डिसीस्थित ह्वाइटहाउसमा रहेको अधिकारीहरूले बताएका छन् । अन्दाजी २० वर्ष उमेरका व्यक्तिको हातमा बन्दुक र पेट्रोलको क्यान रहेको पाम बीच काउन्टी कार्यालयका अधिकारीहरूले बताएका छन् । उनीहरूलाई गुप्तचर एजेन्टले गोली हानेका हुन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाम बीच काउन्टी सरिर्फ कार्यालयका रिक ब्राडशाले उनी गेटबाट २० देखि ३० यार्ड भित्र छिरिसकेको बताए ।
‘जब दुई गुप्तचर प्रहरी र कार्यालयका सहायकले उनीहरूलाई देखे । त्यसपछि हतियार फाल्न भने । उनले पेट्रोलको क्यान भुइँमा झारे । तर बन्दुक उठाएर पोसिजन लिए,’ ब्राडशाले भने । त्यसपछि उनीमाथि गोली प्रहार गरियो । ह्वाइट हाउसका प्रेस सेक्रेटरी कारोलिन लेभिट्टले गुप्तचर प्रहरीको प्रशंसा गरेकी छन् । यस विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले थप अनुसन्धान गरिरहेको छ ।
