युएनएचसीआरले पनि पछिल्लो दुई महिनामा करिब १ लाख ५० हजार अफगान नागरिक स्वदेश फर्केको जनाएको छ ।
काठमाडौँ — पछिल्लो एक वर्षको अवधिमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताएका छन् ।
सन् २०२५ को सुरुदेखि हालसम्म ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । हक्कानीलाई उद्धृत गर्दै अफगानिस्तानका रेडियो, टेलिभिजनलगायतका मिडियाले फर्किनेहरूमा स्वेच्छाले र निर्वासितहरू समेत समावेश रहेको जनाएका छन् ।
स्वदेश फर्केका र अस्थायी रूपमा शिविरमा बसेकाहरू सबैलाई अत्यावश्यक सहायता पछि आ-आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक मिडियाहरूले जनाएका छन् ।
सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हालेपछि ८० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वेच्छाले छिमेकी इरान, अफगानिस्तान र अन्य देशहरूबाट स्वदेश फर्किसकेको जनाइएको छ ।
शरणार्थीसम्बन्धी काम गर्ने युएन निकाय युएनएचसीआरले पनि पछिल्लो दुई महिनामा करिब १ लाख ५० हजार अफगान नागरिक स्वदेश फर्केको जनाएको छ । यो तथ्यांक अघिल्लो वर्ष सन् २०२५ को तुलनामा आफैमा अभुतपूर्व हो ।
