अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने अमेरिकाको चेतावनी

ऊर्जा सुरक्षा सुनिश्चित गर्ने ५२ वर्ष पूरानो संस्थाको संस्थापक अभियानमा फर्कनु पर्ने अमेरिकाकाे भनाइ छ ।

फाल्गुन ७, २०८२

रासस

US warns of leaving international energy agency

काठमाडौँ — अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)बाट फिर्ता हुने चेतावनी दोहोर्याएका छन् ।

पेरिसमा आयोजित आइइए मन्त्रीस्तरीय बैठकको अन्तिम आयोजित पत्रकार सम्मेलनमा राइटले भने, 'ऊर्जा सुरक्षा सुनिश्चित गर्ने ५२ वर्ष पूरानो संस्थाले आफ्नो संस्थापक अभियानमा फर्कनु पर्छ ।' आइइए सन् १९७३ को पेट्रोलियम संकटपछि आपूर्तिको प्रमुख अवरोधहरूको समाधानका लागि समन्वय गर्न सिर्जना गरिएको थियो । राइटले भने, 'संगठनले जलवायु एजेन्डा अपनाएको छ जसमा सन् २०५० सम्म शुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य समावेश छ ।'

राइटले भने, 'अमेरिकाले आइइएलाई अर्को वर्ष वा त्यसभन्दा बढी समयमा यो एजेन्डाबाट टाढा लैजानका लागि हामीसँग पर्ने सबै दबाब प्रयोग गर्नेछ ।'

'यदि आइइएले ऊर्जा इमानदारिता, ऊर्जा पहुँच र ऊर्जा सुरक्षाको मिसनमा ध्यान केन्द्रित गर्न सकेन भने, दुःखको कुरा हामी आइइएको पूर्व सदस्य हुनेछौँ,' उने थपे । 

रासस

Link copied successfully