स्पेनमा आगलागीमा बालबालिकासहित ५ को मृत्यु

आगलागीमा चार अन्य व्यक्ति सामान्य घाइते भएका छन् ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Five people, including children, die in fire in Spain

काठमाडौँ — उत्तरपूर्वी स्पेनको एक अपार्टमेन्टको भण्डारमा आगलागी हुँदा ५ युवाको मृत्यु भएको छ ।

बार्सिलोनबाट ८० किलोमिटर उत्तरमा रहेको सानो सहर म्यान्ल्युमा सोमबार राति ९ बजेपछि पाँचतले भवनमा आगो लागेको थियो ।

त्यसपछि स्थानीय बासिन्दाले अर्लाम बजाएर दमकल बोलाएको अग्निनियन्त्रक अधिकारीहरुले बताए । उनीहरुका अनुसार आगलागीमा चार अन्य व्यक्ति सामान्य घाइते भएका छन् ।

मृतकहरूको परिचय खुलेको छैन ।  तर, मृतकमध्ये कोही पनि यस भवनका बासिन्दा नरहेको दमकलका अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार भवनको माथिल्लो तलामा रहेको गोदाम कक्षमा सल्किएको थियो ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully