'गत चरणको दाँजोमा राम्रो विकास भयो । दुबै पक्षले सम्भावित सम्झौता दस्तावजमा काम गर्नेछन् र आदनप्रदान गर्नेछन् । यसको अर्थ हामी चाडैं सम्झौतामा पुग्यौं भन्ने होइन । तर बाटो खुलेको छ ,' विदेशमन्त्री अराग्चीले भने ।
काठमाडौँ — ईरानका विदेशमन्त्री अब्बास अराग्चीले तेहरान र वासिङटनबीच जेनेभामा भएको अप्रत्यक्ष वार्ताका क्रममा मुल मान्यतामा सहमति बनेको बताएका छन् ।
'गत चरणको दाँजोमा राम्रो विकास भयो । दुबै पक्षले सम्भावित सम्झौता दस्तावजमा काम गर्नेछन् र आदनप्रदान गर्नेछन् । यसको अर्थ हामी चाडैं सम्झौतामा पुग्यौं भन्ने होइन । तर बाटो खुलेको छ ,' उनले भने ।
यसअघि मंगलबारै ईरानका सर्वोच्च नेता अली खामेनाईले वार्तामा अमेरिका हाबी हुन नमिल्ने बताएका थिए । ‘यदी अमेरिका निश्चित शर्त बोकेर बोकेर आउँछ भने त्यो समझदारी हुँदैन ,’ उनले भनेका थिए ।
ईरानले मंगलबार जेनेभा वार्ताअघि रणनीति रुपमा महत्वपूर्ण मानिएको हर्मुजको घाँटीका केही हिस्सा बन्द गरेको थियो । सुरक्षा कारण देखाउँदै यस्तो गरिएको ईरानी सरकारी सञ्चारमाध्यमले जनाएको थियो ।
