सैनिक परिवारका लागि उत्तर कोरियाले बनायो नयाँ आवास क्षेत्र

‘उत्तर कोरियाले उत्तरमा सहभागी भएर आधुनिक लडाईको अनुभव लिइरहेको छ । त्यस्तै, रुसबाट प्राविधिक सहयोग पनि पाइरहेको छ ।'

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

North Korea builds new housing area for military families

काठमाडौँ — रूसी सेनालाई सहयोग गर्दा मारिएका उत्तर कोरियाली सैनिकहरूको परिवारका लागि राजधानी प्योङयाङमा सरकारले नयाँ आवास क्षेत्र निर्माण गरेको छ ।

नेता किम जोङ उनले युद्धमा मारिएकाहरुको सम्मानका लागि आवास क्षेत्र बनाएका हुन् । 

उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्धको युद्धमा सैन्य सहयोग गर्दै आएको छ । ती युद्धमा मारिएका आफ्ना सैनिकहरुको संझनामा स्मारक पर्खाल, संग्रहालय निर्माणलगायत काम उत्तर कोरिया सरकारले गरिरहेको छ । 

पछिल्ला महिनामा किमले हजारौं सेना र ठूलो मात्रामा सैन्य उपकरणहरू रुस पठाएका छन् । यसमा क्षेप्यास्त्र पनि समावेश छ । रुस–युक्रेन युद्धमा अहलिेसम्म ६ हजार उत्तर कोरियाली सेना मारिएको दाबी गत साता दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकाय (एनआईएस) ले गरेको थियो । तर, युद्धमा सहभागी हुनेको सख्ंया भने जनाएको छैन । 

गत हप्ता सांसद्हरुलाई बन्द कोठामा ब्रिफिङ गर्ने क्रममा एनआईएसले भनेको थियो, ‘उत्तर कोरियाले उत्तरमा सहभागी भएर आधुनिक लडाईको अनुभव लिइरहेको छ । त्यस्तै, रुसबाट प्राविधिक सहयोग पनि पाइरहेको छ । यसले उनीहरुको हतियार प्रणालीमा सुधार हुनसक्छ ।’

उत्तर कोरियामा यसै महिनाको अन्त्यमा सत्तारुढ वकर्स पार्टीको भेला हुँदैछ । ५ वर्षपछि बस्न लागेको भेलामा सर्वोच्च नेता किमले आफ्ना नीति–कार्यक्रम तथा राष्ट्रिय लक्ष्यहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully