उत्तरी नाइजेरियाका तीनवटा गाउँमा आक्रमण, कम्तिमा ४६ को मृत्यु

नाइजर राज्य प्रहरी प्रवक्ता वासिउ अबियोडुनले बन्दुकधारीहरूले टुङ्गर माकेरी गाउँमा आक्रमण गरेको र त्यहाँबाट कोन्कोसोतर्फ लागेको बताए ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

At least 46 killed in attacks on three villages in northern Nigeria

काठमाडौँ — मोटरसाइकलमा आएका बन्दुकधारीहरूले उत्तरी नाइजेरियाका तीनवटा गाउँमा आक्रमण गरी कम्तीमा ४६ जनाको हत्या गरेका छन् ।

नाइजर राज्यको बोर्गुस्थित तीनवटा गाउँहरूमा आक्रमण भएको एएफपी समाचार एजेन्सीलाई बताएको छ । 

सबैभन्दा धेरैको हत्या कोन्कोसो गाउँमा भयो । यहाँ कम्तिमा ३८ जनालाई गोली हानेर वा घाँटी रेटेर मारिएको थियो । गाउँका धेरैजसो घरहरू जलेर ध्वस्त भएका छन् । यहाँबाट थप शवहरु निकाल्ने क्रम पनि जारी रहेको अलजजिराले जनाएको छ । 

नाइजर राज्य प्रहरी प्रवक्ता वासिउ अबियोडुनले बन्दुकधारीहरूले टुङ्गर माकेरी गाउँमा आक्रमण गरेको र त्यहाँबाट कोन्कोसोतर्फ लागेको बताए । 

उत्तरी नाइजेरियामा जटिल सुरक्षा संकटको बीचमा आक्रमण भएको हो । यहाँ विभिन्न सशस्त्र समूहहरू तथा फिरौतीको लागि मानिसहरूलाई अपहरण गर्ने गिरोहहरू पनि सक्रिय छन् । 

घटनाका घरहरु जलेको अबियोडुनले बताए । 

कोन्कोसोका बासिन्दा जेरेमिया टिमोथीले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार आक्रमणकारीहरू शनिबार स्थानीय समयअनुसार बिहान  ६ बजे गाउँमा प्रवेश गरे र अन्धाधुन्ध गोली प्रहार गरे । 

नाइजर र क्वारा राज्यहरूबीचको सिमानामा रहेको काइन्जी वनमा   सशस्त्र समूह बोको हराम तथा विभिन्न डाकु तथा लडाकुहरू बस्ने गरेका छन् । 

गत अक्टोबरमा, अल–कायदा सम्बद्ध समूह फर द सपोर्ट अफ इस्लाम एण्ड मुस्लिम्सले क्वारा राज्यको वोरो नजिकै नाइजेरियाली भूमिमा आक्रमण गरेको थियो । 

कान्तिपुर

Link copied successfully