बलोचिस्तानमा सेनाको कारबाहीमा २ सय १६ को मृत्यु

कारबाहीका क्रममा विद्रोहीहरूको सञ्जालहरूको नेतृत्व, कमान्ड–एन्ड–कन्ट्रोल संरचना र परिचालन क्षमतालाई उल्लेखनीय रूपमा कमजोर पारिएको सेनाको सञ्चार शाखाले जानकारी दिएको छ ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

216 killed in army operation in Balochistan

What you should know

काठमाडौँ — बलोचिस्तानमा पाकिस्तानी सुरक्षा फौजको कारबाहीमा परेर २ सय १६ जना मारिएका छन् । विगत केही दिनदेखका आन्दोलनमा मारिएकाहरूको सुची पाकिस्तानी सेनाले सार्वजनिक गरेको हो ।

यससँगै बलोचिस्तानमा 'अपरेसन रद्दउलफित्ना' सफलतापूर्वक सम्पन्न भएको सेनाले जनाएको छ । भारतलेउक्साएका विद्रोहीहरुले यहाँ आन्दोलन गरेको पाकिस्तानी सेनाको दाबी छ ।

आवश्यक सूचना संकलन गरेर उनीहरूविरूद्ध छिटो रसंयोजित कारबाही गरिएको सेनाको दाबी छ । ३१ जवनरीमा बलोचिस्तानका विभिन्‍न इलाकामाएकपछि अर्को आक्रमण भएपछि पाकिस्तानी सुरक्षा फौज कारबाहीमा उत्रिएको थियो ।

कारबाहीका क्रममा विद्रोहीहरूको सञ्जालहरूकोनेतृत्व,कमान्डएन्डकन्ट्रोलसंरचना र परिचालन क्षमतालाई उल्लेखनीय रूपमा कमजोर पारिएको सेनाको सञ्चार शाखाले जानकारीदिएको छ ।

सेनाले निकालेको विज्ञप्तिमा  भनिएको छ, 'सूक्ष्मयोजना, कार्यनीय गोप्य सूचनाहरू र निरन्तर संयुक्तकार्यान्वयनको माध्यमबाट, पाकिस्तानका सुरक्षा निकायहरू रकानून कार्यान्वयन गर्ने निकायहरूले (एलइएहरूले) इन्टेलिजेन्स एजेन्सीहरूकोसहयोगमा अपरेसन रद्दउलफित्ना१ अन्तर्गत दृढ संकल्पसाथ जवाफी कारबाही गरेका छन् ।'

कारबाहीका क्रममा ३६ जना निर्दोष नागरिकहरूलेज्यान गुमाएको सेनाले जनाएको छ । त्यस्तै २२ सैनिकको पनि मृत्यु भएको छ ।

कारबाहीका क्रममा बरामद भएका हतियारहरू विदेशीमुलुकबाट आएको जस्तो देखिएको पनि सेनाले जनाएको छ ।

'प्रारम्भिक विश्लेषणले यी उग्रवादीप्रोक्सीहरूलाई व्यवस्थित रूपमा बाह्य सहयोग र समर्थन उपलब्ध भएको देखिएको छ,'सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगटीले यसकारबाहीn]बलोचिस्तानमा रगत बगाउने काम गर्नेहरुलाई 'स्पष्टसन्देश दिएको बताए । सामाजिक सञ्जाल 'एक्स' मार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले प्रतिबन्धित समूह बलोच लिबरेशन आर्मीले निर्दोषसर्वसाधारण र मजदुरहरूलाई निशाना बनाउने काम गरिररहेको बताए । उनले उक्त समुहभारतको इशारामा सञ्चालित रहेको पनि आरोप लगाए ।

'पाकिस्तान आफ्नो एकता, विकास र जनताको सुरक्षामा कुनै सम्झौता गर्नेछैन,' बुगटीलेभने ।

कान्तिपुर

Link copied successfully