सुडानमा युद्धविराम र मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघको आह्वान

राष्ट्रसंघले सुडानमा लामो युद्धका कारण ९३ लाख आन्तरिक विस्थापित हुनुका साथै ४३ लाखभन्दा बढी मानिस भागेको जनाएको छ ।

माघ २१, २०८२

रासस

UN calls for ceasefire and humanitarian aid in Sudan

काठमाडौँ — संयुक्त राष्ट्रसंघका मानवीय मामिला उप-महासचिव तथा आपत्कालीन राहत संयोजक टम फ्लेचरले सुडानमा युद्धविराम गरी सहायता विस्तारलाई अनुमति दिन आह्वान गरेका छन् ।

सुडानमा मानवीय प्रतिक्रियाका लागि स्रोत परिचालन गर्न अमेरिकाले वासिङ्टनमा आयोजना गरेको कार्यक्रममा बोल्दै फ्लेचरले जारी लडाइँका कारण एक हजार दिनभन्दा बढी समयदेखि देशको गम्भीर मानवीय सङ्कट जारी रहेको उल्लेख गरे ।  उनले युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको समर्थन दोहोर्याउँदै देशमा शान्तिको मार्ग प्रशस्त गर्न शत्रुता अन्त्यको आवश्यकता माथि जोड दिएका छन् ।

सम्बोधनमा, फ्लेचरले निरन्तर विस्थापन र बिग्रँदै गएको मानवीय अवस्थालाई रोक्न सुडानमा द्रुत गतिमा सहयोग विस्तार गर्नु पर्ने बताए । उनले लडाइँ भइरहेको प्रमुख क्षेत्रहरूमा निशस्त्रीकरणको आह्वान समेत गरे ।
राष्ट्रसंघले सुडानमा लामो युद्धका कारण ९३ लाख आन्तरिक विस्थापित हुनुका साथै ४३ लाखभन्दा बढी मानिस भागेको जनाएको छ ।

रासस

Link copied successfully