चीनमा नयाँ नियम बन्दै, कार कम्पनीले 'हिडन डोर ह्‍यान्डल' राख्‍न नपाउने

१ जनवरी २०२७ देखि यो नियम लागु हुनेछ ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

New rules are being introduced in China, car companies will not be allowed to have 'hidden door handles'

काठमाडौँ — चीनले विद्युतीय सवारी साधनमा 'हिडन डोर ह्यान्डल’ राख्न नपाइने नियम ल्याएको छ । १ जनवरी २०२७ देखि कार कम्पनीहरूले यो नियम पालना गर्नुपर्नेछ ।

खर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लाका विद्युतीय कारमा सानो र लुकेको डोर ह्‍यान्डलको विवादास्पद डिजाइन बनाइएको थियो । यसको लोकप्रियता पछि चीनमा पनि यस्तै डोर ह्‍यान्डल राखियो । 

तर, चीनले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय लिएको हो ।

ठूला दुर्घटना हुँदा यस्ता ह्यान्डलका कारण उद्धार कार्यमा कठिनाई महसुस गरिएको थियो । केही समयअघि मात्रै चीनमो साओमी इभीका दुईवटा गाडी दुर्घटना हुँदा ढोका खुलेका थिएनन् ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार अब त्यस्ता कारमात्रै बिक्री गर्न पाइनेछ , जहाँ ढोकाको भित्री र बाहिरी दुबै भागको ह्यान्डल प्रस्ट देखिएको हुन्छ ।

चिनियाँ अधिकारीहरुले स्विकृति दिएर बजारमा आउनका लागि तयार भएर बसेका कारका हकमा अझै दुई वर्षभित्र आफ्नो डिजाइन अपडेट गर्न पाइन्छ ।

चीनमा विद्युतीय सवारी साधनमा ‘गोप्य ह्यान्डल’ को प्रयोग अत्याधिक हुने गरेको छ । अहिलेका लागि यी मापदण्ड चिनियाँ बजारमा बिक्री हुने कारमा मात्रै लागु हुनेछ । तर, विश्व बजारमा चीनबाट धेरै कारहरु जाने भएकाले यसको प्रभाव बाँकी विश्वमा पनि पर्ने अनुमान लगाइएको छ ।

टेस्लाका डार ह्यान्डलहरुलाई अमेरिकाका सुरक्षा नियामक अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् । युरोपले पनि यसबारे नियम बनाउन खोज्दैछ ।

कान्तिपुर

Link copied successfully