अल्फाफा क्लबले गर्ने डिनरमा मिडियाहरुलाई बोलाउने गरिएको छैन । १९१३ मा सुरु भएको यस क्लबमा १९७४ सम्म अश्वेतले सहभागि हुन पाउँदैन थिए । महिलालाई यसले १९९६ बाट मात्रै सदस्यता दिन थालेको हो ।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सीमानालाई फैलाएर क्यानडा, ग्रिनल्यान्ड र भेनेजुएलासम्म पुर्याउने दाबी गरेका छन् । शनिबार अल्फाल्फा क्लबको डिनरमा जम्मा भएका विभिन्न कम्पनीका सिईओ, राजनीतिज्ञ तथा सेलिब्रेटीहरुसँग उनले यस्तो बताएका छन् ।
वासिङटन पोस्टले प्रत्यक्षदर्शीहरुलाई उद्रृत गर्दै ट्रम्पले क्यानाडा र भेनेजुएला कब्जा गर्ने आफ्नो योजना सुनाएको र पछि यसलाई मजाक भनेको उल्लेख गरेको छ ।
‘हामी ग्रिनल्यान्ड कब्जा गर्न गइरहेका छैनौं । यसलाई किन्न गइरहेका छौं । मेरो मनसाय कहिल्यै ग्रिनल्यान्डलाई ५१ औं राज्य बनाउने होइन । क्यानाडालाई ५१ औं, ग्रिनल्यान्डलाई ५२ औं राज्य बनाउन चाहन्छु । भेनेजुएला ५३ औं हुनसक्छ ,’ ट्रम्पले आफ्नो संक्षिप्त मन्तव्यमा भनेका थिए । अल्फाफा क्लबमा ट्रम्पको यो पहिलो भाषण थियो ।
अल्फाफा क्लबले गर्ने डिनरमा मिडियाहरुलाई बोलाउने गरिएको छैन । १९१३ मा सुरु भएको यस क्लबमा १९७४ सम्म अश्वेतले सहभागि हुन पाउँदैन थिए । महिलालाई यसले १९९६ बाट मात्रै सदस्यता दिन थालेको हो ।
यस डिनरपछि ट्रम्प आफ्नो निजी जेट एयर फोर्स वानमार्फत मियामीस्थित रिसोर्टमा आए । उनले फ्लाइटमै रिपोर्टरहरुसँग संक्षिप्त कुराकानी गरेका थिए । त्यसक्रममा ईरानबारे गम्भीर कुराकानी चलिरहेको बताएका थिए ।
ट्रम्पले अमेरिकाको सुरक्षा संवेदनशीलताको दृष्टीले ग्रिनल्यान्ड महत्वपूर्ण रहेकाले यसलाई जसरी पनि अमेरिकामा गाभ्ने बताउँदै आएका छन् ।
