खान युनुसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरुको शिविरमा हेलिकप्टरबाट आक्रमण गरिएको एजेन्सीले बताएको छ ।
काठमाडौँ — गाजामा शनिबार इजरायलका तर्फबाट गरिएको हवाई आक्रमणमा परी कम्तिमा २८ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासनले यसबारे जानकारी दिएको छ ।
हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार मर्नेहरुमा महिला र बालबालिका पनि रहेका छन् । खान युनुसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरुको शिविरमा हेलिकप्टरबाट आक्रमण गरिएको एजेन्सीले बताएको छ ।
इजरायली सेनाले शुक्रबार हमासले शान्ति सम्झौता उल्लंघन गरेपछि आक्रमण गरिएको जानकारी दिएको छ । इजरायल र हमासबीच सन् २०२३ अक्टुबर ७ देखि संघर्ष सुरु भएको थियो । हमासले त्यसबेला इजरायलमा आक्रमण गर्दा १२ सय जना मारिएका थिए भने २५१ जनालाई अपहरण गरी बन्ध बनाइएको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार त्यसयता इजरायलका तर्फबाट चलाइएको सैन्य अभियानका क्रममा ७१ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
