अमेरिकासँग वार्ताका लागि इरान तयार, तर धम्की स्वीकार नगर्ने

ट्रम्पले इरानमा सरकारविरुद्धका प्रदर्शनमाथि दमन भएको भन्दै इरानमाथि आक्रमण गर्ने धम्की पटक–पटक दिँदै आएका छन्। अनि, इरानको परमाणु कार्यक्रम रोक्नुपर्ने माग पनि उनकाे छ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Iran ready for talks with US, but won't accept threats

काठमाडौँ — इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। 

इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’

अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने जिकिर गरे। ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि इरानको क्षेप्यास्त्र क्षमता र इरानका मिसाइलहरू कुनै पनि वार्ताको विषय बन्ने छैनन्।’

पछिल्लो समय तेहरान र वाशिङ्टनबीच तनाव बढ्दै गएको छ। ट्रम्पले इरानमा सरकारविरुद्धका प्रदर्शनमाथि दमन भएको भन्दै इरानमाथि आक्रमण गर्ने धम्की पटक–पटक दिँदै आएका छन्। अनि, इरानको परमाणु कार्यक्रम रोक्नुपर्ने माग पनि उनकाे छ। 

यसलाई इरानले निरन्तर अस्वीकार गर्दै आएको छ। इरान झुक्न तयार नभएपछि यसै साता अमेरिकी राष्ट्रपतिले अब्राहम लिंकन नाम गरेको विमानवाहक युद्धपोत इरानतर्फ पठाएका छन्। 

यसले तनाव बढ्दै जाँदा युद्ध समेतनिम्तिने खतरा रहेको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ। 

कान्तिपुर

Link copied successfully